बंगलादेश दोस्रोपटक साफ यू–२० च्याम्पियन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बंगलादेश दोस्रोपटक साफ यू–२० च्याम्पियन

काठमाडौं । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ ।

बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।शुक्रबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न फाइनल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको थियो । यसपछि, खेलको नतिजाको निर्णय पेनाल्टी प्रहारबाट गरिएको हो । जसमा बंगलादेश भाग्यशाली रहयो । भारतले भने दोस्रोपटक उपाधि जित्ने मौका गुमायो ।

भारतले यसअघि सम्पन्न यू–२० च्याम्प्यिनसिपको पहिलो संस्करणमा बंगलादेशलाई नै हराएर उपाधि विजेताको सूचीमा आफ्नो नाम लेखाएको थियो । भारतले सन् २०२२ मा सम्पन्न पहिलो संस्करणमा बंगलादेशलाई पेनाल्टी प्रहारमै ५–२ ले पराजित गर्दै उपाधि उचालेको थियो ।पेनाल्टीमा बंगलादेशलाई पहिला प्रहार गर्ने मौका दिइएको थियो । जसअनुसार टोलीका मोहम्मद मुर्सेद अली पहिलो प्रहार गर्न आए । उनले गोल गरे । यसपछि, प्रहारका लागि भारतका रिसी निङग्थौकाङग्जाम ऋिसी सिंह आए । सिंहले पनि गोल गरे । दोस्रो प्रहारमा बंगलादेशले चन्दोन राईलाई पठायो । चन्दोनले प्रहारलाई गोलमा परिणत गरे ।

भारतबाट दोस्रो पेनाल्टी प्रहार गरेका अहोंग्साङबोगं सामसानले पनि गोल गरे । बंगलादेशले तेस्रो प्रहारमा अब्बदुल फहिमलाई मौका दियो । फहिमले बललाई बायाँ पोष्टको ‘बटम कर्नर’ चुमाए । भारतबाट तेस्रो प्रहारमा आएका विशाल यादव पनि गोल गर्नबाट चुकेनन् । उनले बललाई पोष्टको ‘टप कर्नर’ चुमाउँदै गोल गरेका थिए । बंगलादेश र भारत चौथो प्रहारमा भने चुके । बंग्लादेशका सामियल रक्षमले गरेको प्रहार पोष्टको ‘क्रसबारमा’ लाग्दै मैदानतर्फ फर्कियो । भारतले ३–४ को अग्रता लियो । भारतका ओमंग दोदुमले गरेको प्रहारले दिशा लिन नसक्दा पोष्टबाट बाहिरिएको थियो । यसको नजितास्वरुप पेनाल्टी प्रहार ४–४ को बराबरीमा रोकियो ।

यसपछि, बंगलादेशका रोनान सुलिभानले पाँचौँ पेनाल्टी प्रहारमा गोल गरेपछि दोस्रोपटक उपाधि जितेको हो ।

सम्बन्धित समाचार

बेंलुरु आईपीएलको फाइनलमा
बेंलुरु आईपीएलको फाइनलमा
  • २०८२ चैत्र २१, ०९: २४

काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश...

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८२ चैत्र २१, ०९: २४

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८२ चैत्र २१, ०९: २४

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...