कोलकाताविरुद्ध लखनउको जित – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कोलकाताविरुद्ध लखनउको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको छ ।सुरुआति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

लखनउको जितमा आयुश बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्सले १५, एडेन मारकरमले २२, रिशव पन्तले १० तथा निकोलस पुरनले १३ रनको योगदान दिए ।कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २/२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १/१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा कोलकाताका लागि अजिङ्क्या राहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभमन पावेलले ३९ रन जोडे ।लखनउका लागि प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १/१ विकेट लिए ।जारी सिजनमा तीन खेल खेलेको लखनउको यो दोस्रो जित हो ।

सम्बन्धित समाचार

बेंलुरु आईपीएलको फाइनलमा
बेंलुरु आईपीएलको फाइनलमा
  • २०८२ चैत्र २७, ०८: ०३

काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश...

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८२ चैत्र २७, ०८: ०३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८२ चैत्र २७, ०८: ०३

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...