करण केसी परे कारबाहीमा, एक खेलको प्रतिबन्ध र जरिवाना – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

करण केसी परे कारबाहीमा, एक खेलको प्रतिबन्ध र जरिवाना

काठमाडौं : सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै सो खेलको सम्पूर्ण म्याच शुल्क कटौती गर्ने निर्णय गरेको हो ।

क्यानका अनुसार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरू चलिरहेका बेला केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा खेल भावना विपरीत देखिएको निष्कर्ष निकालिएको छ । सोही आधारमा म्याच रेफ्रीको प्रतिवेदन तथा प्राविधिक समितिसँगको छलफलपछि अनुशासनात्मक कदम चालिएको जनाइएको छ ।

प्रतिबन्धका कारण केसी आइतबार भएको नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेलमा सहभागी हुन पाएनन् । उनी नेपाल पुलिस क्लबबाट प्रतियोगितामा खेल्दै आएका थिए । यससँगै सो खेलको म्याच फीसमेत जरिवाना स्वरूप काटिएको छ ।

घटनाको सुरुवात केसीले फेसबुकमा लेखेको एक स्टाटसबाट भएको थियो, जसमा उनले अम्पायरसम्बन्धी प्रश्न उठाउँदै ‘यदि कुनै खेलाडीले अम्पायरलाई कुटेमा कति खेल प्रतिबन्ध हुन्छ ?’ भन्ने आशय व्यक्त गरेका थिए । उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघले आपत्ति जनाउँदै क्यानसँग कडा कारबाहीको माग गरेको थियो ।

यस विषयलाई क्यानले पनि गम्भीर रूपमा लिएको जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता, क्यानसँगको खेलाडी सम्झौता तथा प्रतियोगिताको निर्देशिकाभित्र रहेर निर्णय गरिएको हो ।

यद्यपि, विवाद बढेपछि केसीले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । उनले उक्त अभिव्यक्तिलाई ‘मजाकका रूपमा राखिएको जिज्ञासा’ भएको उल्लेख गर्दै त्यसबाट कसैलाई चोट पुगेको भए माफी मागेका छन् । तर अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले भने यो विषय गम्भीर भएकाले क्षमायाचनाले मात्र नपुग्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ चैत्र २९, १२: ५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ चैत्र २९, १२: ५६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ चैत्र २९, १२: ५६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...