आशा भोसलेको निधनप्रति भारतको दूतावासद्वारा समवेदना, नेपाल–भारत सांस्कृतिक सम्बन्धको स्मरण – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

आशा भोसलेको निधनप्रति भारतको दूतावासद्वारा समवेदना, नेपाल–भारत सांस्कृतिक सम्बन्धको स्मरण


काठमाडौं : दिग्गज गायिका आशा भोसलेको निधनप्रति नेपालस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको असाधारण सांगीतिक यात्राले विश्वभरका करोडौं श्रोताको मन छोएको उल्लेख गरेको छ।

दूतावासले जारी सन्देशमा आशा भोसलेको कालजयी स्वरले दक्षिण एसियाली सांगीतिक परम्परालाई समृद्ध बनाएको र नेपालसहित विश्वका विभिन्न मुलुकका श्रोतामाझ उनी उत्तिकै प्रिय रहेको उल्लेख गरिएको छ। “उनको अमर स्वर र उत्कृष्ट सांगीतिक योगदानले हाम्रो सांस्कृतिक सम्पदालाई अझ समृद्ध बनायो,” दूतावासले जनाएको छ।

दूतावासले विशेष रूपमा उनले गाएका नेपाली गीतहरूको चर्चा गर्दै ती गीतहरू आज पनि नेपाली श्रोतामाझ उत्तिकै लोकप्रिय र सम्झनलायक रहेको बताएको छ। यसले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई झल्काउने काम गरेको पनि सन्देशमा उल्लेख छ।

भारतीय सिने तथा संगीत क्षेत्रमा दशकौंसम्म सक्रिय रहेकी आशा भोसलेले हजारौं गीतमा स्वर दिएकी थिइन्। विविध शैलीका गीतमा आफ्नो छुट्टै पहिचान बनाएकी उनी दक्षिण एसियाली संगीत जगतकी एक प्रतिष्ठित व्यक्तित्वका रूपमा चिनिन्थिन्।

उनको निधनसँगै संगीत क्षेत्रले एक अमूल्य धरोहर गुमाएको प्रतिक्रिया विभिन्न क्षेत्रबाट आउने क्रम जारी छ। नेपालमा पनि उनका प्रशंसक, कलाकार तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ चैत्र २९, १९: २१

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ चैत्र २९, १९: २१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ चैत्र २९, १९: २१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...