सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको हो ।

सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । इमरान शेखले अविजित ४६ रनको योगदान दिए भने बसिर अहमदले ४५, तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रन जोडे ।

बलिङतर्फ सूदुरपश्चिमका हेमन्त धामीले दुई तथा बिकास आग्री, शेर मल्ल र अशोक धामीले एक-एक विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन जोड्यो । अशोक धामीले ४३, किरण ठगुन्नाले ३५, नारायण जोशीले २९, तथा हेमन्त धामीले १६ रन जोड्दा सुरुवाती ब्याट्सम्यान फ्लप सावित भए ।

ओपनर अभिषेक पलले ९, खडक बोहरा र नरेन भट्टले १-१ रन बनाउँदा राजु बोहरा र दीपक बोहराले ७-७ रनमात्रै जोडे ।

बलिङतर्फ आर्मीका आकाश चन्द र शाहब आलमले तीन-तीन विकेट लिए भने बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए । पिएम कपको इतिहासमा बिनाविभागीय टोलि सुदूरपश्चिमले पहिलोपटक फाइनल खेलेको थियो ।

पहिलो संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त फाइनल नतिजाविहिन भएको थियो ।

यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८३ बैशाख ४, १६: ३२

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८३ बैशाख ४, १६: ३२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ बैशाख ४, १६: ३२

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...