
काठमाडौं : घरेलु मैदानमा आयोजित टी-२० आई सिरिजअन्तर्गत नेपाल आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध पहिलो खेल खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
घरेलु मैदानमा नेपाली टोली यूएईविरुद्ध २ खेलको टी-२० आई सिरिज खेल्दै छ। नेपाली टोलीको कप्तानी पारी दीपेन्द्र सिहं ऐरीले गर्दै छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० आई र ओडीआईका लागि दुई फरक कप्तान चयन गरेको छ।
यूएईविरुद्धको खेलका लागि नियमित कप्तान रोहित पौडेलसहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीबाट बाहिर छन्।
नेपाली टोली यूएईविरुद्ध मैदान उत्रिँदा नेपालका लागि त्यो ऐतिहासिक खेल हुनेछ। त्यसका मुख्य दुई कारण छन्।
पहिलो- नेपाली राष्ट्रिय क्रिकेट टोली २ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ।
दोस्रो- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिपछि फ्लडलाइट र प्यारापिटमा पुरुष टोलीको पहिलो खेल हुन लागेको हो।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित संवाद अभियान सुरु गरिएको बताएका छन्। सभापति थापाले...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...