
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन् । पछिल्लो समय विभिन्न सेयर कारोबारसम्बन्धी विवादमा मुछिएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् । उनले पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) नहोस् र सम्बन्धित विषयमा निष्पक्ष छानबिनका लागि मार्ग खुला होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
“मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको हुँ ।”
कार्यभार सम्हालेको प्रारम्भिक चरणमा केही उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।
राजीनामाअघि गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
गुरुङले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन् । साथै उनले सञ्चारकर्मी र आम नागरिकलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।
काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...