
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यातायात सेवा सुधारलाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री र सेवाग्राहीमैत्री प्रणाली विकास गर्न पहल थालेका छन्। सोही उद्देश्यसहित मुख्यमन्त्रीकै अग्रसरतामा हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा विशेष छलफल कार्यक्रम आयोजना गरिएको हो।
मुख्यमन्त्री बानियाँले यातायात व्यवस्था कार्यालयहरूबाट प्रवाह हुने सेवामा बढ्दो जनगुनासोलाई गम्भीर रूपमा लिँदै सुधारका ठोस उपाय खोज्न निर्देशन दिएका छन्। उनले सेवा सरलीकरण, डिजिटल प्रणालीको विस्तार, भिडभाड नियन्त्रण र बिचौलियामुक्त सेवा प्रवाहलाई आफ्नो प्राथमिक लक्ष्यका रूपमा अघि सारेका छन्।
छलफलमा सेवा प्रवाहका प्रक्रियागत चरण, कानुनी तथा प्रशासनिक आधार, क्षेत्रगत समस्या तथा तत्काल सुधार गर्न सकिने विषयहरूमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो। साथै, प्रविधिको प्रयोग बढाएर सेवा छरितो र पारदर्शी बनाउने, नागरिकले सहज रूपमा सेवा पाउने वातावरण सिर्जना गर्ने उपायहरूबारे गहन छलफल भएको जनाइएको छ।

कार्यक्रममा ऐन, नियम, कार्यविधि, परिपत्र तथा सफ्टवेयर र एप्लिकेशनमार्फत सुधारका क्षेत्रहरू पहिचान गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी समेत निर्धारण गर्ने प्रयास गरिएको छ। सहभागी कार्यालयहरूले सेवा सुधारका लागि आफ्ना प्रस्तावहरू संयुक्त रूपमा प्रस्तुत गरेका थिए।
छलफलमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारका काम जनचाहना अनुसार डेलिभरि गर्नु अहिलेको मुख्य लक्ष्य रहेका बताए ।

छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा सहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिवद्वय रामबाबु पुरी र बाबुराम गौतम तथा मन्त्रालयका सचिव बलराम भुसाल लगायत सम्बन्धित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।
मुख्यमन्त्री बानियाँको सक्रिय पहलसँगै अब बागमती प्रदेशमा यातायात सेवा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा ठोस कदम अघि बढ्ने अपेक्षा गरिएको छ।

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...