सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन लाग्नुपर्ने बताए । उनले सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी सोहीअनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गरे ।

लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने प्रहरी महानिरीक्षक कार्कीको भनाइ थियो । उनले सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि एवं तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताए । गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइ कार्यक्रममार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकले महसुस गर्नसक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उनले बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समसामयिक विषयमा निर्देशन दिए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षकलगायत प्रदेश कार्यालय र जिल्ला कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति थियो ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ बैशाख ९, २१: ५५

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८३ बैशाख ९, २१: ५५

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८३ बैशाख ९, २१: ५५

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...