युवराज खतिवडा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

युवराज खतिवडा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त

सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए। 

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए।

उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ भाद्र ३०, १८: ५८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ भाद्र ३०, १८: ५८

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ भाद्र ३०, १८: ५८

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...