
काठमाडौं : सरकारले दुई वटा नयाँ अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सरकारबाट प्राप्त अध्यादेशहरू हाल राष्ट्रपतिबाट अध्ययनकै क्रममा छन् ।
सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने बाटो रोजेको हो । संविधानअनुसार संसद् चलिरहेको अवस्थामा अध्यादेश जारी गर्न नमिल्ने भएकाले सरकारले अधिवेशन रोक्दै वैकल्पिक प्रक्रिया अपनाएको बुझिएको छ ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन बोलाएका थिए । तर त्यसको भोलिपल्टै सरकारले विशेष कारण देखाउँदै अधिवेशन स्थगन गर्न सिफारिस गर्यो, जसअनुसार राष्ट्रपतिको कार्यालयबाट अधिवेशन रोकिएको सूचना जारी भयो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुको मुख्य उद्देश्य संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाउनु रहेको बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ सदस्य रहने व्यवस्था छ ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...