कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिकाे मागगर्दै प्रदर्शन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिकाे मागगर्दै प्रदर्शन


नयाँ विकल्प,


काठमाडाैं-नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

काठमाडौंकाे माइतीघर, माछापोखरी लगायतका स्थानमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका छन् । सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरूले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ।

घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो।

घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र ३१, १६: १४

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र ३१, १६: १४

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र ३१, १६: १४

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...