आज विश्वकर्मा पूजाः यस्तो छ धार्मिक महत्व – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आज विश्वकर्मा पूजाः यस्तो छ धार्मिक महत्व


नयाँ विकल्प,
काठमाडाैं- हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात अशाेज १ गते विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक महत्व छ ।

यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ ।

यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

हरेक चाड-पर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ ।


भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएकाे मान्यता छ ।


विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार रहेकाे धार्मिक विश्वास छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ ।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १, ०९: ४७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन १, ०९: ४७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ आश्विन १, ०९: ४७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...