पत्रकार थापालाई विमा रकम एक लाख रुपैया हस्तान्तरण – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

पत्रकार थापालाई विमा रकम एक लाख रुपैया हस्तान्तरण

नयाँ विकल्प,
काठमाडौं – मिसन मिडिया क्लवले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार विदुर थापालाई कोभिड विमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका एक सय १९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

महासंघको उपत्यका प्रदेश समिति महासचिव रहेका क्लव अध्यक्ष श्रीजन झाले शुक्रबार प्रदेश समितिको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार थापालाई बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोक्का, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की, कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट र त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।

ऋवको केही दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाई समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ आश्विन २, १७: ३३

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ आश्विन २, १७: ३३

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ आश्विन २, १७: ३३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...