
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ६०० र चाँदी रु १७५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८६५ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको...
काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को...
काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...