सुशासन र समृद्धि नै अबको मुख्य लक्ष्य : मुख्यमन्त्री बानियाँ – Naya Bikalpa
May 29, 2026, Friday      Epaper

सुशासन र समृद्धि नै अबको मुख्य लक्ष्य : मुख्यमन्त्री बानियाँ

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १९औं गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र दशकौँ लामो सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनको प्रतिफल भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री बानियाँले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले आन्दोलनका क्रममा बेपत्ता, घाइते र अपाङ्ग भएका योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै यो व्यवस्थालाई संस्थागत गर्नु नै वर्तमानको मुख्य कार्यभार भएको बताएका छन् ।

संविधानद्वारा संरक्षित संघीय लोकतान्त्रिक गणतन्त्र अब हाम्रो सामाजिक र राजनीतिक जीवन पद्धतिको रूपमा स्थापित भइसकेको बताउँदै उनले भनेका छन्, “समाजमा विद्यमान सबै प्रकारका विभेद, उत्पीडन र असमानताको अन्त्य गर्दै नागरिकले गर्व गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो साझा दायित्व हो ।” यसका लागि राजनीतिक दल, सरकार र आम नागरिकबीच सुदृढ राष्ट्रिय एकता र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले न्यायमुखी, जनतामुखी र सेवामुखी शासन व्यवस्थालाई आत्मसात गरिरहेको दाबी गर्दै मुख्यमन्त्री बानियाँले अबको गन्तव्य दिगो विकाससहितको सुशासन र समृद्धि नै रहेको स्पष्ट पारेका छन् ।

यो ऐतिहासिक दिवसले सबैमा सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता र लोकतन्त्रको जगेर्ना गर्न तथा संघीयतालाई थप सुदृढ बनाउन नयाँ ऊर्जा र संकल्प प्रदान गर्ने विश्वास मुख्यमन्त्री बानियाँले व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठ)
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठ)
  • २०८३ जेष्ठ १५, १३: ३५

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको...

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार
  • २०८३ जेष्ठ १५, १३: ३५

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को...

शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन
शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन
  • २०८३ जेष्ठ १५, १३: ३५

काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...