एक सातापछि सगरमाथा आधार शिविरबाट जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

एक सातापछि सगरमाथा आधार शिविरबाट जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो

काठमाडौं : सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ २१, १३: १४

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८३ जेष्ठ २१, १३: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २१, १३: १४

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...