यस्ता छन् बागमती सरकारका ४ निर्णय – Naya Bikalpa
June 4, 2026, Thursday      Epaper

यस्ता छन् बागमती सरकारका ४ निर्णय

हेटौँडा : बागमती प्रदेश सरकारले मन्त्रालयहरूको पुनर्संरचनापछि प्रदेशअन्तर्गतका कार्यालयहरूको नयाँ व्यवस्थापन टुंग्याएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।

मन्त्री तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश सरकारअन्तर्गत रहने कार्यालयहरूको संरचना टुंगो लगाउने निर्णय गरिएको छ। मन्त्रालयहरूको संख्या घटाइएपछि विभिन्न कार्यालयहरू मर्ज, खारेज तथा पुनःसंरचना गरिएको छ।

यसअघि प्रदेश सरकारअन्तर्गत २०१ वटा कार्यालय रहेकामा नयाँ संरचनाअनुसार कार्यालय संख्या घटेर १९१ कायम भएको छ। केही कार्यालय एकआपसमा गाभिएका छन् भने केही खारेज गरिएका छन्। आवश्यकताअनुसार केही नयाँ कार्यालयसमेत स्थापना गरिएको सरकारको भनाइ छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा दुई जना कर्मचारीको बढुवा नियुक्तिसम्बन्धी निर्णय पनि गरेको छ। बढुवा हुने कर्मचारीमा सागरप्रसाद घिमिरे र सतीश विष्ट रहेका छन्। उनीहरूको तहगत विवरण भने पछि सार्वजनिक गरिने जनाइएको छ।

त्यसैगरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘र्‍याफ्टिङ स्कुल’ सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति, २०८३’ समेत स्वीकृत गरेको छ। प्रदेश सरकारले उक्त नीतिमार्फत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सेवा पहुँच विस्तार तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद्का यी निर्णयहरूले प्रशासनिक संरचनालाई थप व्यवस्थित बनाउनुका साथै शिक्षा, सामाजिक सुरक्षा र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक
पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक
  • २०८३ जेष्ठ २१, १८: ४४

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
  • २०८३ जेष्ठ २१, १८: ४४

काठमाडौं : भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । सामान्य...

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
  • २०८३ जेष्ठ २१, १८: ४४

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले...