राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्य अहिले तीग्र गतिमा भईरहेको छ । द्रुतमार्ग निर्माण काय चार वर्षभित्र पूरा गर्न नेपाली सेनाले कामलाई तीव्रता दिएको हो । राजधानी र मधेश जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीमा रहेको यस दु्रतमार्ग मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको छ ।
त्यसैले पनि नेपाली सेनाले यस आयोजनालाई इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको भन्दै पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
सडकको ट्रयक खोलिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको छ ।
राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २ सय जनशक्ति खटाएर रुख कटान कार्य पनि भईरहेको सेनाले जनाएको छ । झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुनेछ । यस राजमार्गको निर्माण लागत एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।
निर्माण कार्य छिटो सम्पन्न गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको नेपाली सेनाले जनाएको छ । सडक निर्माणका लागि मात्रै पनि ३ सय टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...