
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार राति १२ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार अधिकांश क्रियाशील सदस्यहरूले अद्यावधिक प्रक्रियामा उल्लेखनीय सहभागिता जनाएका छन् ।
विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बिहीबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत एनसी आईडी प्राप्त गरिसकेका छन् । त्यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयम् अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा रहेका छन् ।
पार्टीले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भू–भाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने पनि स्पष्ट गरेको छ ।

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ ।...
इलाम : भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध...
काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् ।...