कांग्रेस प्रतिष्ठानमा पाँच विषयगत उपसमिति गठन – Naya Bikalpa
June 14, 2026, Sunday      Epaper

कांग्रेस प्रतिष्ठानमा पाँच विषयगत उपसमिति गठन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत तथा सचेतनामूलक विषयमा काम गर्न पाँच वटा विषयगत उपसमिति गठन गरेको छ।

प्रतिष्ठानको चौथो बैठकले प्रतिष्ठान प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा उपसमितिहरू गठन गर्दै संयोजक चयन गरेको हो। बैठक सभापति गगनकुमार थापाको समुपस्थितिमा विश्वप्रकाश शर्माको अध्यक्षतामा जेठ २७ र २८ गते सम्पन्न भएको थियो।

बैठकले डायस्पोरा डाइलग उपसमितिको संयोजकमा डा. यादव पण्डितलाई चयन गरेको छ। उक्त उपसमितिले नागरिकता, लगानी तथा मतदान अधिकारका विषयमा जनसम्पर्क समितिको औपचारिक संरचनाभन्दा बाहिर रहेका विश्वभरका नेपाली समुदायसँग नीति संवाद र समन्वय गर्ने जनाइएको छ।

यस्तै, स्वास्थ्य बिमा तथा सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन्। घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकको जिम्मेवारी स्वीकृती पौडेललाई दिइएको छ।

बैठकले सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी तथा खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दासलाई चयन गरेको छ।

प्रतिष्ठानले यी उपसमितिमार्फत विभिन्न सामाजिक, आर्थिक तथा नीतिगत विषयमा अध्ययन, संवाद र सुझाव संकलनको कामलाई प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

May be an image of ticket stub and text

सम्बन्धित समाचार

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
  • २०८३ जेष्ठ २९, १८: ५०

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ ।...

भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
  • २०८३ जेष्ठ २९, १८: ५०

इलाम : भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध...

परराष्ट्रमन्त्री खनाल बेइजिङमा
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
  • २०८३ जेष्ठ २९, १८: ५०

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् ।...