
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बहुमतको आडमा कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टीका सांसदहरुलाई ‘कानुनको शासन’ र ‘कानुनद्वारा शासन’बीचको भेद छुट्याई सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए । उनले सरकारले मुलुकको आर्थि रुपान्तरणका लागि प्रभावकारी काम गरे कांग्रेसको सहयोग रहने, तर संविधान र कानुन कार्यान्वयको सवालमा कुनै सम्झौता गर्न नसकिने बताए ।
उनले वि.सं. २०४८ सालजस्तै अनुकूल राजनीतिक वातावरण र वि.सं. २०१५ सालजस्तै जनसमर्थन प्राप्त भएको अवस्थामा सरकारले मुलुकको बृहत्तर हित हुनेगरी परिणाम निकाल्नुपर्नेमा जोड दिए । उनले कानुन निर्माण र मुलुक सञ्चालनको क्रममा सबैलाई सहभागी गराउनुपर्ने उल्लेख गर्दै सरकारले आफू संविधानभित्रै रहेर बनेको कुरामा हेक्का राख्नुपर्ने तर्क गरे । उनले सरकारले संवैधानिक मर्यादा र विधिको शासनलाई बेवास्ता गरे नेपाली कांग्रेस नाफा–घाटाको हिसाब नगरी त्यसविरुद्ध उभिने स्पष्ट पारे ।
उनले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटले मध्यम र न्यून आय भएका वर्गलाई कुनैपनि किसिमको राहत दिन नसकेको स्पष्ट पारे । आयकरको सीमा हटाएर बाहिरबाट मध्यम आय भएका नागरिकलाई राहत दिएजस्तो गरेपछि पछाडिबाट करको भार बढाएको उनको टिप्पणी छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले...
काठमाडौं : काठमाडौं महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ...