पुरानै प्रतिनिधि राखेर फागुनमा महाधिवशेन गर्न पौडेलको प्रस्ताव – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पुरानै प्रतिनिधि राखेर फागुनमा महाधिवशेन गर्न पौडेलको प्रस्ताव

Ram Chandra Paudel (NC leader)


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २०७२ सालको १३ औ महाधिवेशनका प्रतिनिधिलाई कायम राखेरै पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव अघि सारेका छन् ।

रिव ५ वर्षअघि भएको महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई मात्र समाबेस गर्ने उनको प्रस्ताव भने व्यवहारिक कारणले सम्भव भने छैन । १३ औं महाधिवेशनपछि विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरम र सुनिल थापाको नेतृत्वमा राप्रपाका हजारौं कार्यकर्ता कांग्रेसमा आएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड १९ अनुगमन समितिले आइतबार सुदूरपश्चिम कांग्रेसका नेता कार्यकर्तासँग आयोजना गरेको भर्चुअल कार्यक्रममा भाग लिँदै नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्न यस्तो विकल्प अघि सारेका हुन् ।

आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशन नभए पार्टी सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने आरोप लगाउँदै पौडेलले भने ‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ ।’

फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्ने चेतावनी दिँदै पौडेलले भने ‘कसले कसलाई मान्ने ? को सभापति ? को के ? त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ ।’

सभापति देउवा महाधिवेशन नै नगराउने मनसाय राखेको भन्दै पौडेलले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरण गर्दा आफू बलियो हुने भन्ने दाउ मात्रै देउवाले हेरेको आरोप लगाए ।

सभापति देउवा तत्काल महाधिवेशन नगरी आफू शक्तिशाली हुने दाउमा रहेको आरोप लगाउँदै अहिले विभागमा मनोनीत भएका साथीहरुको इज्जत कुन इज्जत हुन्छ ? भनी प्रश्न गरे ।

महाधिवेशनको कार्यतालिका ल्याउन आफूले प्रस्ताव गरे पनि देउवाले गम्भीरतापूर्वक नलिएको बताए । पौडेलले आफ्नै साथीहरुले पनि आफू बुढो भएर गएपछि आफ्नो पालो आउँछ भन्ने खालको व्यवहार देखाएको दुखेसो पोखे ।

११ जिल्लामा पार्टी संगठनको संरचना समायोजन हुन सकेको भन्दै पौडेलले संरचना समायोजन भएका जिल्लामा सदस्यता वितरण र नवीकरण प्रभावित भएको आरोप लगाए ।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ४, १५: ०७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन ४, १५: ०७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ आश्विन ४, १५: ०७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...