
नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे पानी जहाजका अत्यन्तै शाैखिन ब्याक्ति हुन् । कुनै वेला हिन्द महासागरमा नेपाली झन्डा सहितकाे पानी जहाज ल्याउन कम्मर कसेर लागेका ओलीकाे पानी जहाज सपना कहिले पुरा हुन्छ ?
त्याे हेर्न बाँकी नै तर पानी जहाज र प्रधानमन्त्री केपी शर्मा ओलीकाे एउटा विशेषता भने हु वहु मिल्छ त्याे के भने हिड्याे पाइला मेटेर । पानी जहाज हिडेकाे बाटाेकाे सायदै अस्तित्व हाेला त्यस्तै ओलीकाे वाेलिमा पनि कुनै लगाम छैन् । कल्पना गर्याे बाल्याे, सकियाे ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलगाम बाेलीकाे सिकार बनेकाे एउटा दृष्टान्त हाे विजुली बस , दुइवर्ष अघि अर्थात ६ कात्तिक २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझाम रहित उद्घाटन गरेकाे विजुली बस प्रयाेगमा हैन सञ्चालन नै नभइ अव संग्राहलयमा राख्ने अवस्थामा पुर्याइएका छन् ।
काठमाडाैं महानगरपालिका , ललितपुर महानगरपालिका का प्रमुख सहित ओलीले पुल्चोकस्थित साझा सहकारी संस्थाको प्रांगणमा तामझामका सहित उद्घाटन गरेका बिजुली बसको बारे प्रधानमन्त्री नै वेखर छन् ।
अर्थात बाेल्याे हिड्याे पाइला मेट्याे । एसियाली विकास बैंकको सहयोगमा बुद्दकाे जन्म भुमि लुम्बिनीमा चलाउन अनुदानमा दिएका ति बस प्रधानमन्त्रीले दाता र स्वयं नागरिकलाइ समेत गुमराहमा राखेर काठमाडाैंमा सञ्चालन गर्ने भन्दै उद्घाटन गरेका थिए । ती वस उदघाटन गर्दै भाषण समेत गरेका प्रधानमन्त्रीले देश अब विद्युतीय सवारीको युगमा प्रवेश गरेकाे दावी गरेका थिए । प्रधानमन्त्रीले भाषणमा भनेका थिए ,काठमाडौंमा सुरू भएको बिजुली बसले आउँदा दिनमा माछाले भन्दा बढी फुल पार्नेछ ।
अर्थात अव काठमाडाैंमा अव विधुतीय बाहेक अरू गाडी चल्ने छैनन् । प्रधानमन्त्रीले भनेका थिए अव मुलुकमा विद्युतीय सवारीको ट्रेन्ड अगाडि बढ्छ, देशका अरू सहरलाई पनि यसले आकर्षित गर्ने छ । उत्तेजित भाषण सकेर प्रधानमन्त्री आफ्नाे दल बल सहित ललितपुरमा उद्घाटन गरेकाे बसमा चडेर सिंहदरबार पुगे त्यसपछ उनि कहिल्यै त्यता फर्केनन् ।
विजुली बस ग्यारेजमा मक्किएर वेहाल भएकाे बारे प्रधानमन्त्रीलाइ के मतलव ? प्रधानमन्त्रीको अपेक्षाअनुसार ती बिजुली बसले माछाले भन्दा बढी फुल कहाँ पारे ? बिजुलीको बसको ट्रेन्डकाे पाइला कता मेटियाे ? सरकारको स्वामित्वमा नआएका दाताका अनुदानमा आएका ती बस प्रधानमन्त्रीले उदघाटन गरेपछि ठेक्का सम्झौताअनुसार आएका छन् कि छैनन् टुंगो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक समिति बनाएकाे थियाे ।
साे समितिले दाताबाट बस स्वीकार्नु पहिले प्राविधिक समिति बनाएर त्यसको परीक्षण सुझाव दिएकाे थियाे । समितिकाे प्राविधिक टाेलिकाे अध्यायनबाट बस सम्झौताअनुसारको गुणस्तरका समेत नभएकाे पाइयाे ।
प्रधानमन्त्रीले उद्घाटन गरेका ती बसको कहिले बनेका हुने खुलाइएकाे थिएन । उत्पादन परीक्षण रिपोर्ट विना नै नेपाल भित्र्याइएका बस भारवहन क्षमता र न्यूनतम लाइफसाइकलको सुनिश्चिता छैन। बाहिर रंगरोगन गरिए पनि भित्र प्रयोग भएका सामान खिया लागेको,ढोका नखुल्ने विजुली बसमा प्रयाेग गरिएका शिसा समेत कमसलखालका पाइए ।
ती बस अहिले साझाको ग्यारेजमा थन्किएका छन्।स्राेतका अनुसार प्रधानमन्त्री कार्यालय तथा राष्ट्रपति कार्यालयबाट सञ्चालनमा ल्याउन पटक पटक दवाब दिने गरिएकाे छ । तर ती बस सञ्चालन ल्याउने अवस्थाका नै छैनन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...