सक्रिय राजनीतिबाट अलग भए पूर्वसभामुख महरा – Naya Bikalpa
June 19, 2026, Friday      Epaper

सक्रिय राजनीतिबाट अलग भए पूर्वसभामुख महरा

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट बिदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्र रहने निर्णय गरेको जानकारी दिएका हुन् ।

महराले आफू विगत केही समयदेखि ‘एट्रोफी’ नामक नशा र मांसपेशी सम्बन्धी रोगबाट पीडित रहेको र नियमित उपचार एवं औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएको बताएका छन् । स्वास्थ्य प्रतिकूलताका कारण पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान दिन कठिन हुँदै गएकाले आफूले यो निर्णय लिएको उनको भनाइ छ ।

उनले आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको स्पष्ट पारेका छन्।

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण र संघर्षहरूमा सहभागी रहँदै आएका महराले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
  • २०८३ असार ४, १७: २१

काठमाडौं : यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ असार ४, १७: २१

काठमाडौं : नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
  • २०८३ असार ४, १७: २१

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा भट्टलाई नियुक्त...