
नयाँ विकल्प ,
काठमाडौं – पछिल्लो २४ घण्टामा १३सय २५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।
लामो समयदेखि यो संख्या हजार भन्दा तल झरेको छैन। देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ । ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।
कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ।
आज थप मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण भएको छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...