स्याङ्जा र तनहुँबाट एकैदिन पक्राउ परे ७३ जना फरार अभियुक्त – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

स्याङ्जा र तनहुँबाट एकैदिन पक्राउ परे ७३ जना फरार अभियुक्त

नयाँ विकल्प ,

काठमाडाैं- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा सबैभन्दा धेरै अभियुक्तलाइ नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएका प्रहरीले विभिन्न अभियाेगमा फरार रहेका ४८ जना अभियुक्तलाइ नियन्त्रणमा लिएकाे हाे ।

नेपाल प्रहरीकाे इतिहासमा एक दिनमा एकै जिल्लामा फरार रहेका धेरै अभियुक्तहरू पक्राउ परेकाे संभवत याे पहिलाे घटना हाे । जिल्ला प्रहरी प्रमुख एसपी हाेबिन्द्र बाेगटीले कमाण्ड सम्हालेकाे तेस्राे हप्ता पुगेकाे छ । बाेगटीकाे नेतृत्व काे स्याङ्जा प्रहरीले अबैध तथा गैरकानुन क्रियाकलाप कठाेर रूपमा अगाडि बढेकाे छ ।

काठमाडाैं प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखामा रहँदा एसपी बाेगटीले बैक ह्याकर , बैङ्किङ कसुर , चाेरी डकैती तथा उपत्यकामा हुने गैरकानुनी क्रियाकलाप विरूद्द सफल अपरेशन गरेका थिए । बाेगटी नेतृत्वकाे स्याङ्जा प्रहरीले आइतबार नियन्त्रणमा लिएकाअभियुक्त हरूमा आफ्नै कान्छी आमालाइ बलत्कार गरि १५ बर्षदेखि फरार देखि हत्या अपराध तथा चाेरी डकैती मा संलग्न रहि फरार रहेका अभियुक्त छन्।

त्यस्तै स्याङ्जा प्रहरीले लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपाट लगायतका बिभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरूलाई आइतबार पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ । पक्राउ परेका मध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरू पनि छन् ।

प्रहरीका अनुसार बिगत ४ वर्षदेखि फरार रहेका भानु नगरपालिका-१३ सम्जुर बस्ने ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ, लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका-१ नहाला बस्ने किना परियार, लागूऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका छन् ।

त्यस्तै बन्दीपुर गाउँपालिका-१ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मिया, त्यस्तै लागूऔषध मुद्दामा फरार अन्य २ जना, जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरलाइ आवश्यक कारवाहीको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन ५, १३: ०८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ५, १३: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन ५, १३: ०८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...