पार्टीको लोगो र झण्डा व्यापारको लागि प्रयोग भएकोमा पौडेलको चिन्ता – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पार्टीको लोगो र झण्डा व्यापारको लागि प्रयोग भएकोमा पौडेलको चिन्ता

फाइल फाेटाे


नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।


गणेशनमान सिंहको २४ औं स्मृति दिवसका अवसरमा प्राध्यापक बहस चौतारीले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता पौडेलले कम्युनिष्टसँग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उतार्न आवश्यक रहेको बताएका हुन् ।

‘पार्टीको सबै नेता कार्यकर्ताहरुले समाजवादी आचरण र व्यवहार देखाउनु पर्छ । कांग्रेसले जनतामाझमा समाजवादीको खरो व्याख्या गरेर जानुपर्छ’ पौडेलले भने, ‘पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको छ ।’

आउदो चुनाव जित्नका लागि कांग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको भन्दै अब राजनीति जोड घटाउबाट राजनीति नचलाइ सिद्धान्तको राजनीति आवश्यक भइसकेको पौडेलले बताए ।

पौडेलले भने, ‘कम्युनिष्टलाई सिद्धान्तको बहसमा उतार्न सक्नुपर्छ । कम्युनिष्टको विचार के हो ? उनीहरुले अझै झुट बोलिरहेका छन् । कम्युनिष्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुन्छ ।’

कम्युनिष्टहरुसँग पैसा राज्यसत्ता सबै भएकाले उनीहरुलाई परास्त गर्न त्यसै नसकिने पौडेलको तर्क थियो । उनले भने, ‘पूँजीपति रिसाउछ कि भनेर मोलाहिजा नगरी जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने पौडेलको भनाई थियो ।

पौडेलले कांग्रेसको समाजवाद गरिबको हित, दलितको पक्ष, श्रमिकको साथी र किसानको विचार भएको तथा गरिबको हित सुरक्षा नगरी पूँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने बताए ।

प्राध्यापक डा. गोविन्दमान सिंह कार्कीले कार्यपत्र पेश गरेका थिए भने कार्यपत्रमाथि नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन ५, १५: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ५, १५: ४०

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन ५, १५: ४०

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...