

नयाँ विकल्प,
काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा भएको भ्रष्टाचार र बेथितिको बिरुद्ध मंगलबार गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी एक दर्जन विद्यार्थीलाई गिरफ्तार गरेको छ ।
नेविसंघको त्रिविवि समितिले गरेको आन्दोलनका क्रममा विद्यार्थीहरु योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह लगायत नेताहरूलाई त्रिभुवन विश्वविद्यालयबाट प्रहरीले गिरफ्तार गरेको हो ।
विश्वविद्यालयमा ब्याप्त विकृति, बिसंगति, बेथिति, भ्रष्टचार एवंं विश्वविद्यालयलाई नेकपाका कार्यकर्ता भर्तीकेन्द्र बनाउने र कब्जा गर्ने दुषित मनशायविरुद्ध उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
वार्ता, संवाद, छलफल र समन्वयमार्फत सामाधान पहिल्याउनुको साटो उल्टै विद्यार्थीमाथि दमन, धरपक्कड र प्रहरी प्रशासनको बलमा आफ्नो कुत्सित मनशाय पूर्ति गर्ने खेलमा विश्वविद्यालय उद्यत भएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जनाए ।
नेविसंघले पक्राउ गरिएका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न तथा वार्ता र संवादमार्फत जायज मागहरु पूरा गर्न विश्वविद्यालयको गम्भिर ध्यानाकर्षण गराएको छ ।
महामन्त्री बलदेव तिमल्सिनाले त्रिवि व्यवस्थापन गम्भीर नभए यसबाट उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न तयार रहन गम्भीर चेतावानी दिएका छन् ।
‘त्रिविविको परिसरमा सयौंको संख्यामा प्रहरी उपस्थित गराइ विद्यार्थी तथा प्राध्यापकहरुलाई आतंकित पार्ने कार्य निन्दनिय छ’, महामन्त्री तिमल्सिनाले भने, ‘विद्यार्थी र प्राध्यापकलाई राज्य आतंकको भरमा तह लगाउँछु भन्ने सोच उपकुलपतिले राखेका छन् ।’
ठूला तानाशाहलाई परास्त गर्ने विद्यार्थीको तागतको अघि सत्ताको तावेदारीमा रमाउँदै सत्ता र दमनको माध्यमबाट टिकिराख्ने दिवस्वप्न त्याग्न उपकूलपति डा. धर्मकान्त बाँस्कोटालाई तिमल्सिनाले चेतावनी दिएका छन् ।
काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...