दशैंमा ३ हजार च्याङ्ग्रा र खसीबोका काठमाडाैं भित्रिदैं – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

दशैंमा ३ हजार च्याङ्ग्रा र खसीबोका काठमाडाैं भित्रिदैं


नयाँ विकल्प
काठमाडाैं- नजिकिदै गरेकाे नेपालीहरूकाे महानचार्ड वडादशै तिहारकालागि ३ हजार खसीबाेका र च्याङ्ग्रा काठमाडाैं ल्याउने भएकाे छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै प्रत्येक बर्षकाे दशै तिहारलाइ लक्षित गर्दै शुलभ मुल्यमा खसीबोका र च्याङ्ग्रा विक्रि वितरण गर्दै आएको छ । यससंगै संस्थानले हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएकाे छ ।

यसपाली सस्थालने १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने जनाएकाे छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका खरिद गर्ने जनाएकाे छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो। यसकाे साथै चाडवाड लक्षित सहुलियत पसल खाेल्ने संस्थानले जनाएकाे छ । खसीबाेका तथा सहुलियत पसल कुन स्थानमा सञ्चालन हुनेछन् भन्नेबारे केहि दिन भित्रै निर्णय हुने समेत संस्थानले जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन ६, १५: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन ६, १५: ५८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ६, १५: ५८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...