
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
सिरिजको पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
नेपाल र नामिबियाबीच हालसम्म ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नामिबियाले ५ खेल जितेको छ भने नेपालले २ खेलमा जित निकालेको छ। एक खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो।
दुवै टोलीबीच पछिल्लोपटक सन् २०२४ को फेब्रुअरीमा भएको भेटमा नामिबियाले २ विकेटले जित हात पारेको थियो।
यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली नेदरल्यान्ड्स पठाएको छ। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।
लिग–२ अन्तर्गत यो सिरिज जुलाई ३१ सम्म सञ्चालन हुनेछ। नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। यस्तै नेदरल्यान्ड्स र नामिबियाबीच जुलाई २५ र ३१ मा प्रतिस्पर्धा हुनेछ।
हालसम्मको अंकतालिकामा नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ भने नामिबिया समान २८ खेलबाट २२ अंक जोड्दै सातौँ स्थानमा रहेको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...