आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।

सिरिजको पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपाल र नामिबियाबीच हालसम्म ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नामिबियाले ५ खेल जितेको छ भने नेपालले २ खेलमा जित निकालेको छ। एक खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो।

दुवै टोलीबीच पछिल्लोपटक सन् २०२४ को फेब्रुअरीमा भएको भेटमा नामिबियाले २ विकेटले जित हात पारेको थियो।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली नेदरल्यान्ड्स पठाएको छ। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

लिग–२ अन्तर्गत यो सिरिज जुलाई ३१ सम्म सञ्चालन हुनेछ। नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। यस्तै नेदरल्यान्ड्स र नामिबियाबीच जुलाई २५ र ३१ मा प्रतिस्पर्धा हुनेछ।

हालसम्मको अंकतालिकामा नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ भने नामिबिया समान २८ खेलबाट २२ अंक जोड्दै सातौँ स्थानमा रहेको छ।

सम्बन्धित समाचार

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ श्रावण ५, ०७: ३५

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ श्रावण ५, ०७: ३५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ श्रावण ५, ०७: ३५

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...