डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच दिनमै इबोलाबाट हुने मृत्युदर ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। जनस्वास्थ्य विज्ञहरूले भाइरस डढेलोझैँ तीव्र गतिमा फैलिरहेको भन्दै गम्भीर चेतावनी दिएका छन्।

सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म इबोला संक्रमण पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको कुल संख्या दुई हजार ९७३ पुगेको छ। यो संख्या अघिल्लो शनिबारको तुलनामा २७ प्रतिशतले बढी हो।

संक्रमित र मृतक दुवैको संख्या तीव्र रूपमा बढ्दै गएपछि कंगोमा फैलिएको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिएका इबोला महामारीमध्ये एक बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको इबोला भाइरसले महामारी नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ। मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ। हालसम्म यस प्रजातिविरुद्ध कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध नभएकाले स्वास्थ्य अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  • २०८३ श्रावण १०, ०९: ०४

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...

डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता
डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता
  • २०८३ श्रावण १०, ०९: ०४

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै...

इरान युद्धमा अमेरिकाको साढे ३७ अर्ब डलर खर्च
इरान युद्धमा अमेरिकाको साढे ३७ अर्ब डलर खर्च
  • २०८३ श्रावण १०, ०९: ०४

काठमाडौं : अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ अमेरिका–इजरायलको इरानविरुद्धको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर (५७८ अर्ब ५५ करोड...