
नयाँ विकल्प
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।
मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।
काेराेना संक्रमणबाट देशभर पछिल्लाे २४ घन्टाभित्र थप सात जनाको मृत्यु भएको छ । मृतक मध्ये एक महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, आज बुधबार मृत्यु हुनेमा काठमाडौंका एक महिला तथा एक पुरुष र बर्दिया, ललितपुर, सिरहा र झापाका एक/एक पुरुष छन् । याेसँगै बुधबारसम्म देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ३६ पुगेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...