
नयाँ विकल्प
काठमाडाैं-शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तीमध्ये काठमाडौंका ५ सय ३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जना छन्। पछिल्लाे २४ घण्टामा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। त्यस्तै यस दिन मृतक थप ६ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५९ जनामा कोरोना देखिएको छ। यस दिन १२ हजार २६२ जनाको पिसिआर परीक्षण भएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...