
काठमाडौं : १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।
सभाको बुधबारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।
उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डिपी अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्...
काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीले सडक आसपासको जमिन कटान...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका...