ठुला होटल, रेस्टुरेन्टले अब काठमाडौं उपत्यकामा ग्यास किन्न नपाउने, घरायसी ग्राहकलाई प्राथमिकता – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

ठुला होटल, रेस्टुरेन्टले अब काठमाडौं उपत्यकामा ग्यास किन्न नपाउने, घरायसी ग्राहकलाई प्राथमिकता

काठमाडौं : नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले ठुला होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ ।

निगमले उपत्यकाभित्र रहेका ग्यास डिपो तथा विक्रेतामार्फत व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय गरेको हो । अब ठुला होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले आवश्यक ग्यास उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट आफैं ढुवानी गरेर ल्याउनुपर्नेछ ।

निगमले सडक अवरोधका कारण ग्यास आपूर्ति प्रभावित भएकाले घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरिएको बताएको छ ।

निगमका अनुसार व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाबाहिरका उद्योगबाट सीधै खरिद गरी आफ्नै ढुवानी व्यवस्थामार्फत काठमाडौं ल्याउन सकिनेछ । हेटौंडा, चितवन, नवलपरासीलगायतका जिल्लाबाट काठमाडौं ल्याइएका सिलिन्डरसमेत उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनमा बिक्री गर्न पाइने छैन ।

काठमाडौंमा बिक्री हुने ब्रान्डका सिलिन्डर रिफिलिङ हुने तराई क्षेत्रका उद्योगबाट व्यवसायीले आफैं ग्यास ढुवानी गरेर ल्याउन सक्नेछन्।

पछिल्लो समय राजमार्गमा पहिरो तथा विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ मध्ये १८ वटा उद्योगमा ग्यास बोकेका बुलेट पुग्न सकेका छैनन् ।

धादिङ, काभ्रे र काठमाडौंमा रहेका ती उद्योगसम्म बुलेट पुग्न नसकेपछि खाली सिलिन्डरहरू ट्रकमार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर रिफिलिङ गरी पुनः उपत्यकामा ल्याउने तयारी भइरहेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १७, १८: ४९

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १७, १८: ४९

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १७, १८: ४९

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...