सुरुङभित्र फसेकाको उद्धारमा सरकारको भूमिका अदूरदर्शी र अकर्मण्य : कांग्रेस – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सुरुङभित्र फसेकाको उद्धारमा सरकारको भूमिका अदूरदर्शी र अकर्मण्य : कांग्रेस

काठमाडौं : भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाको विषयमा बसेको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले विपद् व्यवस्थापनमा सरकारलाई साथ दिने स्पष्ट प्रतिबद्धता जनाएको छ। तर, सुरुङभित्र फसेका श्रमिकको उद्धारमा देखिएको ढिलाइ र कमजोरीप्रति कडा असन्तुष्टि पनि व्यक्त गरेको छ।

प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकपछि जारी प्रेस नोटमा विपद्‍को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारसँग सहकार्य गर्ने नीति पुनः दोहोर्‍याइएको छ। साथै, पुनर्स्थापनासम्मका कार्यलाई व्यवस्थित बनाउन ‘स्ट्राटेजी रेस्पोन्स टिम (SRT)’ मार्फत सरकारी निकायसँग समन्वय बढाइने उल्लेख छ। पार्टीले राहत कोषमा एक करोड रुपैयाँ योगदान गर्ने निर्णय समेत गरेको छ।

बैठकले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार कार्यको प्रशंसा गर्दै सुरुङभित्र फसेकाको उद्धारमा सरकारको भूमिका भने “अदूरदर्शी र अकर्मण्य” भएको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्नु र सम्बन्धित निर्माण कम्पनीलाई समयमै अनुमति नदिनु “अमानवीय” व्यवहार भएको निष्कर्ष बैठकले निकालेको छ। कांग्रेसले तत्काल प्रभावकारी उद्धार र स्पष्ट निकासको माग गरेको छ।

राहत वितरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसले ‘एकद्वार नीति’लाई स्थानीय तह केन्द्रित ‘स्थानीय द्वार प्रणाली’मा रूपान्तरण गर्न सुझाव दिएको छ।

विपद्पछि देखिने मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोसामाजिक परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। साथै, झाडापखाला, हैजा र टाइफाइडजस्ता रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तयारीमा जोड दिइएको छ।

बाढीबाट प्रभावित बालबालिका, अभिभावकविहीन समूह र ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। क्षतिग्रस्त विद्यालयहरूको पुनर्स्थापनामा स्थानीय तहको नेतृत्वमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बैठकले जनाएको छ।

प्रतिष्ठानले एक महिनाभित्र ‘पोस्ट डिजास्टर निड्स एसेस्मेन्ट’ तयार गरी सरकारलाई बुझाउने निर्णय गरेको छ। जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै नेपालले साना राष्ट्रहरूको नेतृत्व गर्दै ठूला देशहरूमाथि कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने निष्कर्ष पनि निकालिएको छ।

कांग्रेसले विपद् व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए पनि सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइप्रति गम्भीर प्रश्न उठाएको छ। साथै, राहत वितरणदेखि पुनर्निर्माण र जलवायु कूटनीतिसम्मका विषयमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १७, ११: ५३

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १७, ११: ५३

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १७, ११: ५३

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...