कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक मार्ग – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक मार्ग

काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

त्रिशूली नदीले सडक आसपासको जमिन कटान गरेपछि कृष्णभीरमा पहिरो खसेको हो। सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की लगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

सडक विभागले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जनाएको छ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिनेछ। सडक केही साँघुरो भए पनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको उनले बताए।

उनका अनुसार अन्य वैकल्पिक मार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। साथै, कृष्णभीरमा स्थायी पुनर्निर्माणका लागि समय लाग्ने भएकाले तत्काल अस्थायी ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने योजना विभागले बनाएको छ।

न्यौपानेले करिब १५ दिनभित्र अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए।

त्रिशूलीको बहाव परिवर्तनले थप जोखिम

सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएपछि कृष्णभीर क्षेत्रमा थप जोखिम बढेको छ।

नदी सडकको छेउतर्फ बग्न थालेपछि सडकको तल्लो भाग कटान गरी क्षति पुर्‍याइरहेको उनले बताए। नदीको सतहसमेत बढेकाले आगामी बाढीमा सडकसम्मै पानी पुग्न सक्ने जोखिम रहेको उनको भनाइ छ।

उनका अनुसार नदी कटानका कारण सडकमा थप क्षति पुग्ने सम्भावना रहेकाले विभागले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको छ।

वैकल्पिक मार्ग सञ्चालनका क्रममा तत्काल कुन–कुन स्थानमा सडक चौडा वा मर्मत गर्नुपर्ने हो भन्ने विषयमा पनि विभागले अध्ययन गरिरहेको छ। यद्यपि, त्यसबारे हालसम्म ठोस निर्णय भइनसकेको विभागले जनाएको छ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
  • २०८३ भाद्र १८, १२: १६

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला...

मलेसियाविरुद्ध नेपालको जित
मलेसियाविरुद्ध नेपालको जित
  • २०८३ भाद्र १८, १२: १६

काठमाडौं : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
  • २०८३ भाद्र १८, १२: १६

काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा...