भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार हालसम्म ९५ शवको सनाखत भएको छ भने सनाखत भएका शव आफन्तलाई बुझाइएको छ।

यस्तै, बाढी तथा अन्य विपद्का कारण ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना रहेका छन्।

यसैगरी, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्। यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना तथा निजी विद्यालयका एक जना शिक्षक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढीका कारण ३०१ जना घाइते भएकामा १९५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

सम्बन्धित समाचार

संसद् बैठकमै ढले सांसद खड्का
संसद् बैठकमै ढले सांसद खड्का
  • २०८३ भाद्र १८, १४: १५

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र...

मलेसियाविरुद्ध नेपालको जित
मलेसियाविरुद्ध नेपालको जित
  • २०८३ भाद्र १८, १४: १५

काठमाडौं : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
  • २०८३ भाद्र १८, १४: १५

काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा...