बाढी र पहिरोबाट सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

बाढी र पहिरोबाट सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।

टोखा–छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–घट्टेखोलामा राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका–१० सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ भने गजुरी–२ परेवा भीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् । ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा गए राति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ । साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म अवस्था मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
  • २०८३ भाद्र १८, १२: ४८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला...

मलेसियाविरुद्ध नेपालको जित
मलेसियाविरुद्ध नेपालको जित
  • २०८३ भाद्र १८, १२: ४८

काठमाडौं : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
भोटेकोशी बाढी : एक हजार २५२ शव फेला
  • २०८३ भाद्र १८, १२: ४८

काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा...