भोटेकोशी बाढी : एक हजार २५२ शव फेला – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला

काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ ।

संकलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरागरी हालसम्म २१३ महिला, ३१४ पुरूष र ३७० नखुलेको गरी जम्मा ८९७ वटा शव माटोमुनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।

पहिचान नभएका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ । नुवाकोट र रसुवालगायत जिल्लामा रहेका ‘होल्डिङ सेन्टर’मा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन् ।

सम्बन्धित समाचार

संसद् बैठकमै ढले सांसद खड्का
संसद् बैठकमै ढले सांसद खड्का
  • २०८३ भाद्र १८, १२: ५५

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र...

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन
  • २०८३ भाद्र १८, १२: ५५

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला...

मलेसियाविरुद्ध नेपालको जित
मलेसियाविरुद्ध नेपालको जित
  • २०८३ भाद्र १८, १२: ५५

काठमाडौं : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...