संसद् बैठकमै ढले सांसद खड्का – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

संसद् बैठकमै ढले सांसद खड्का

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेकै बेला आफ्नै आसनमा बसेका खड्का एक्कासि लडेका हुन् ।

घटनापछि सभामुख डोलप्रसाद अर्यालले बैठकको क्रम केही समयका लागि रोक्दै बोलिरहेका सांसद शर्मालाई रोक्न लगाएका थिए । त्यसैबीच कांग्रेसका अन्य सांसदहरू हतारिँदै खड्कालाई सहयोग गर्न अगाडि बढेका थिए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण खड्का अस्वस्थ भएका हुन् । हाल उनको संसद् भवनभित्रै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

घटनापछि केही समय अवरोध भए पनि प्रतिनिधि सभा बैठक पुनः सञ्चालनमा आएको छ ।

सम्बन्धित समाचार

भदौ २२ गते शोक बिदा दिने सरकारकाे निर्णय, भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा
भदौ २२ गते शोक बिदा दिने सरकारकाे निर्णय, भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा
  • २०८३ भाद्र १८, १५: ०२

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै
भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै
  • २०८३ भाद्र १८, १५: ०२

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको...

भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
  • २०८३ भाद्र १८, १५: ०२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...