भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३औं दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

साथै बैठकले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न राहत तथा सहुलियतका निर्णयसमेत गरेको छ । रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनर्स्थापना योजनाअन्तर्गत कर तथा महसुल छुटसहितका सुविधा प्रदान गरिने भएको छ ।

यस्तै, बाढीपछिको खोज तथा उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा ज्यान गुमेमा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

यसैबीच, बजारमा चिनीको आपूर्ति सहज बनाउन सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ ।

सम्बन्धित समाचार

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै
भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै
  • २०८३ भाद्र १८, १६: ४०

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको...

भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
  • २०८३ भाद्र १८, १६: ४०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...

संसद् बैठकमै ढले सांसद खड्का
संसद् बैठकमै ढले सांसद खड्का
  • २०८३ भाद्र १८, १६: ४०

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र...