बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको बैठक बस्ने भएको छ ।

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेश सभाको बैठकमा संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिने जनाइएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित बैठक आह्वान गरिएको हो ।

भदौ १४ गते बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा समिति गठन गरेको हो । जसको सदस्यमा प्रभात तामाङ, मधुकुमार श्रेष्ठ र विनु रायमाझी रहेका छन् ।

बैठक काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार बैंक्वेटमा साँझ ५:३० बजे बस्नेछ । समितिका संयोजक रमेश कुमार महतले सम्बन्धित सबै सरोकारवालालाई बैठकमा उपस्थित भई आवश्यक निर्णय प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

बैठकबाट विपद् प्रभावित क्षेत्रका लागि ठोस रणनीति, राहत व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणका उपायहरू तय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...