भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, कांग्रेस संसदीय दल बागमती प्रदेशको बैठक बस्दै

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको बैठक बस्ने भएको छ ।

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेश सभाको बैठकमा संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिने जनाइएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित बैठक आह्वान गरिएको हो ।

भदौ १४ गते बसेको संसदीय दलको बैठकले रमेशकुमार महतको संयोजकत्वमा समिति गठन गरेको हो । जसको सदस्यमा प्रभात तामाङ, मधुकुमार श्रेष्ठ र विनु रायमाझी रहेका छन् ।

बैठक काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार बैंक्वेटमा साँझ ५:३० बजे बस्नेछ । समितिका संयोजक रमेश कुमार महतले सम्बन्धित सबै सरोकारवालालाई बैठकमा उपस्थित भई आवश्यक निर्णय प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

बैठकबाट विपद् प्रभावित क्षेत्रका लागि ठोस रणनीति, राहत व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणका उपायहरू तय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको...

भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...

संसद् बैठकमै ढले सांसद खड्का
संसद् बैठकमै ढले सांसद खड्का
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक अस्वस्थ भई ढलेका छन् । बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र...