कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलमा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नभएको बताएका थिए। उनले पार्टी एकताका लागि आफूले आवश्यक पर्ने जुनसुकै त्याग गर्न तयार रहेको पनि स्पष्ट पारे ।

जवाफमा सभापति थापाले पनि पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सबै पक्षलाई मिलाएर अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।

यस्तै दुई नेताबीच यही भदौ १० गते रसुवास्थित नेपाल–चीन सीमामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङ जिल्लामा देखिएको पछिल्लो अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०८३ भाद्र २१, १३: ३५

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०८३ भाद्र २१, १३: ३५

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०८३ भाद्र २१, १३: ३५

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...