कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलमा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नभएको बताएका थिए। उनले पार्टी एकताका लागि आफूले आवश्यक पर्ने जुनसुकै त्याग गर्न तयार रहेको पनि स्पष्ट पारे ।

जवाफमा सभापति थापाले पनि पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सबै पक्षलाई मिलाएर अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।

यस्तै दुई नेताबीच यही भदौ १० गते रसुवास्थित नेपाल–चीन सीमामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङ जिल्लामा देखिएको पछिल्लो अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८३ भाद्र २१, १३: ३५

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८३ भाद्र २१, १३: ३५

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ भाद्र २१, १३: ३५

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...