साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

 

KLANG, MALAYSIA – SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा गुलशन झाले अविजित ४४ रनको योगदान दिए। इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। यस्तै, मोहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम अलीले २८ रन जोडे।

नेपालका बलरमध्ये सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा शेर मल्ल र गुलशन झाले समान १–१ विकेट लिए।

यो जितसँगै नेपालले लगातार तेस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। साउदी अरेबिया भने ४ खेलमा १ जित र ३ हारसहित प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले अब लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्नेछ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

मलेसियाविरुद्ध नेपालको जित
मलेसियाविरुद्ध नेपालको जित
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई...