साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

 

KLANG, MALAYSIA – SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा गुलशन झाले अविजित ४४ रनको योगदान दिए। इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। यस्तै, मोहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम अलीले २८ रन जोडे।

नेपालका बलरमध्ये सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा शेर मल्ल र गुलशन झाले समान १–१ विकेट लिए।

यो जितसँगै नेपालले लगातार तेस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। साउदी अरेबिया भने ४ खेलमा १ जित र ३ हारसहित प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले अब लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्नेछ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय...

फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ...

एसियाली खेलकुद : जुडोमा नेपालका चारै जना खेलाडी पराजित
एसियाली खेलकुद : जुडोमा नेपालका चारै जना खेलाडी पराजित
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् । जापानको ऐचि...