

नयाँ विकल्प,
काठमाडौँ – नेपालमा आइतबार एकै दिन एक हजार पाँच सय ७३ जना कोरानाका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या चार ७७ पुगेको छ ।
आइतबार कोरोनाबाट आठ सय ८५ जना मुक्ति पाएर घर फर्केका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार आठ सय ९८ पुगेको छ । अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमित छन् ।
हाल देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार दुई सय ८१ जना क्वारेन्टिनमा छन् ।
काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा आठ सय १३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा छ सय ३३ संक्रमित थपिएका छन् । थपिनेमा दुई सय ३० महिला र चार सय तीन पुरुष छन् ।
ललितपुरमा एक सय चार जना संक्रमित थपिएका छन् । ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २१ महिला र ५१ पुरुष रहेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...