केरुङमा अलपत्र ६७० नेपालीको उद्धार, तातोपानी नाका हुँदै स्वदेश फिर्ता – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

केरुङमा अलपत्र ६७० नेपालीको उद्धार, तातोपानी नाका हुँदै स्वदेश फिर्ता

काठमाडौं ।  काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले असोज ३ गतेदेखि रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्।

सेवालाई थप विस्तार गर्दै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी विभिन्न रुटमा बस सञ्चालन गरिने भएको छ।

जसअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा बस सञ्चालन हुनेछन्।

त्यस्तै, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुवैतर्फ फन्को लगाउने गरी ८ वटा बस सञ्चालन गरिनेछ।

यससँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
  • २०८३ भाद्र २५, ०६: ४७

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...

कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
  • २०८३ भाद्र २५, ०६: ४७

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र २५, ०६: ४७

काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...